काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४८४ जनाको पिसिआर परिक्षण गर्दा थप ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यस सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
आज ( बिहीबार) ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै हालसम्म डिस्र्चाज हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।