काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना भएका छन् । नेता श्रेष्ठ आइतबारदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका पारिवारिक श्रोतले जानकारी दिएको छ ।
परिवारका एक सदस्यका अनुसार स्वास्थ्यमा केही असहज भएपछि अस्पताल लगेर परीक्षण गर्दा शरीरमा अक्सिजनको मात्रा कम देखिएको थियो।
आइतबारदेखि उनी नर्भिक अस्पतालमा चिकित्सकहरूको निगरानीमा छन्। काँग्रेसका नेता डा. शेखर कोइरालाले सोमवार उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।