१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

अ+ अ-

झापा । अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि स–साना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ लाखदेखि रु ४५ लाखसम्मको बजेटमा पक्की पुल र कल्भर्ट बनाएको हो ।

विसं २०७४ साउन २७ गते जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा कल्भर्ट र पुल निर्माणको कार्य रहेको देखिन्छ । ‘हामी निर्वाचित भएर आउनुअघि नै वर्षाका कारण आएको भीषण बाढीले एकै दिन नगरभित्रका ५३ वटा पुल र कल्भर्ट भत्काएको थियो’, नगरपालिकाका प्रमुख हरि रानाले भने, ‘त्यो साल तिनै कल्भर्ट र पुल बनाउँदै बित्यो, थप केही गर्न सकिएन ।’

नगरभित्र साना ठूला दर्जनौँ खोलाखोल्सी भएका कारण एउटा वडाबाट अर्को वडा पुग्न वा आफ्नै वडाको वल्लो गाउँबाट पल्लो गाउँ पुग्न लाग्ने घण्टौँ समयको पुल र कल्भर्टले बचत गरेको उनको भनाइ छ । उनले आर्थिक वर्ष २०७५र७६ मा थप ३० वटा र आव २०७६र७७ मा २२ वटा गरी जम्मा १०५ वटा पक्की पुल र कल्भर्ट निर्माण गरिसकेको बताए ।

नगरप्रमुख रानाले नगरभित्रका क्षेत्रलाई मात्र जोड्ने नभई छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट अर्जुनधारा–१ जोड्ने नेते खोलामा संयुक्त लगानीमा रु ६० लाखको लागतमा २० मिटर र इलामकै माई नगरपालिकासँग मिलेर साढीमुरे खोलामा रु २३ लाखको लागतमा १४ मिटर लम्बाइको पुल निर्माण गरिसकेको बताए ।

उनले अझै ११ वटा पुल, कल्भर्ट नगरपालिकाभित्र आवश्यक रहेको बताउँदै चालु आर्थिक वर्षभित्रै बनाइसक्ने योजना सुनाए । पहिलो प्राथमिकता पुल कल्भर्टलाई दिए पनि अब सडक विस्तारको योजनालाई तीव्रता दिइने उनले बताए।

उनले नगरसँग आन्तरिक बजेट पर्याप्त नहुँदा ठूला भनिएका बिरिङ र टाङटिङ खोलामा पक्की बनाउन नसकिएको बताए । ती खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारसँग बजेट माग गरिरहरहेको बताउँदै उनले भने, ‘यी दुई खोलाले ठूलो समस्या नित्याएको छ । बर्सातका समयमा खुदुनाबारी र मदनपुरवासीलाई नगरपालिका आउन नसक्ने अवस्था सिर्जना हुन्छ । सानो बजेटले हुँदैन तत्काल सङ्घीय सरकारसँग समन्वय गरेर हाम्रै कार्यकालमा पुल बनाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस