२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुम कार्मारोङ गाउँपालिकाले बनायो आफ्नै प्रशासनिक भवन

अ+ अ-

काठमाडौँ । एक नगरपालिका र तीन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा एक गाउँ पालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सेवा सुविधा दिन शुरु गरेको छ । मुगुम कार्मारोङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिबारबाट पालिकाबाट प्रदान हुँदै आएका सेवा नयाँ प्रशासनिक भवनबाट दिन शुरु गरेको हो ।

अन्य पालिका केन्द्रमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिन शुरु गरेको हो । भवन निर्माण गर्न गत वर्षको गाउँसभाबाट रु ८१ लाख बजेट विनियोजन गरिएको थियो । ८१ लाख गाउँपालिकाको र १८ लाख जनश्रमदान गरी कूल ९९ लाखमा एक तालीम हल र २३ वटा गाउँपालिकाभित्र रहेका विषयगत शाखाका कार्यालय सञ्चालन, अतिथि गृहसहितको सेवा रहने गरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी गराए ।

भवनसँगै गाँउपालिकाबाट प्रवाह भइरहेका, हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र विद्युतीय हाजिरी प्रयोगमा ल्याउन लागेको पनि प्रमुख कठायतले बताए । ‘९ वटा वडाका आफ्नै वडा कार्यालय गत वर्षमा नै निमार्ण गरिसकेका थियौँ, विषयगत शाखा र अन्य कार्यालय सञ्चालनको लागि वर्षेनि लाखौँ भाडा तिरेर सकिन्थ्यो, अब पालिकाको सेवा सुविधासहितको कार्यालय भवन निर्माण सम्पन्न भएको छ’, मुगुम कार्माराङ गाउँपालिकाका अध्क्षय छिरिङ क्याप्र्ने लामाले बताए ।

जिल्लाका अन्य तीन स्थानीय तहको आफ्नै प्रशासनिक भवन बनाउने प्रक्रियामै छन् ।

खत्याड गाउँपालिकाले रामतडी बजारमा गाउँपालिकाको केन्द्र तोकी कार्यालय भवन बनाउँदै छ भने जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारसँगै जोडिएको कैल्यावाडा भन्ने स्थानमा ४१४९।१९ वर्गमिटर जग्गा अधिकरण गरी मुआब्जा वितरणका लागि गत २ गते जिल्ला प्रशासन कार्यालय मुगुमार्फत सूचना प्रकाशित गरिसकेको छ ।

नगर प्रमुख हरिजङ्ग शाही भन्छन् , ‘भवन निर्माणका लागि ठेक्का खुलेर निर्माण कम्पनीसँग सम्झौता हुन बाँकी छ । जग्गाधनीलाई मुआब्जा वितरण गरिसकेपछि प्रशासनिक भवन निर्माण शुरु हुनेछ, ढिलोमा नगरपालिकाको भवन आगामी वर्षको वैशाखसम्म निर्माण सम्पन्न भई सेवा दिन शुरु हुने विश्वास लिएका छौँ’। सोरु गाउँपालिकाले सोरुकोटबाट कार्यालय सञ्चालन गरेको भए पनि अझै गाउँपालिकाको केन्द्र तोक्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस