२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा नेकपा ओली समूहले शक्ति प्रदर्शन गर्दै

अ+ अ-

विराटनगर । विराटनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले शक्ति प्रदर्शन गर्दैछ । शनिवार दिउँसो १२ बजेदेखि सुरु हुने सभामा दुई लाख जनता सहभागी हुने अपेक्षा रहेको नेकपा ओली समूहले जानकारी दिएको छ ।

विराट नर्सिङहोम नजिकको खाली जग्गामा सभाको तयारी भएको छ । सडकमा सभा गर्दा आम सर्वसाधारणलाई समस्या पर्ने भएकाले खाली ठाउँमा सभा गर्न लागिएको बताइएको छ ।

प्रदेश १ स्तरीय उक्त आमसभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सभाका लागि विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निकालिने र १५ वटा बसको व्यवस्था गरिएको जनाइएको छ ।

विराटनगरमा सुरक्षा शतर्कता उच्च बनाइएको छ । प्रधानमन्त्री विराटनगर पुगेर होटेल एसयाटिकमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । ओलीले साढे १२ बजे मात्रै सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई सम्बोधन गरी उनी आजै काठमाडौँ फर्किने छन् ।

यस अघि ओली समूहले काठमाडौँ, सुदूरपश्चिमको धनगढी, दाङ, बुटवल लगायतमा शक्ति प्रदर्शन गरिसकेको छ ।

गत पुष ५ गते मन्त्रिपरिषद्को सिफासिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरिसकेको छ । ओली पक्षले अब कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने बताउँदै आएको छ ।

निर्वाचन आयोगले पनि चुनावको लागि तीव्र रूपमा तयारी थालेको छ ।

नेकपाको अर्को समूह प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध केन्द्रीय राजधानी केन्द्रित शक्ति प्रदर्शनका कार्यक्रम गरिरहेको छ । यो समूहले अहिले प्रतिनिधिसभा विघटनको विरुद्धमा चौथो चरणको आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस