२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

अ+ अ-

भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुभारम्भ गरे। ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए । सहज र प्रभावकारी ढङ्गले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिए। प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए । प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताए।

कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बाटोबाटोमा पैसा उठाउनका लागि बैंकिङ प्रणालीको सुरुआत गरिएको बताए । प्रहरीको सेवा प्रवाह समयसापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ । बैंकिङ प्रणालीबाट जरिवाना सङ्कलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाजसमेत छिटो छरितो हुने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताए। बैंकिङ प्रणालीमार्फत कारोवार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकलाई भने समस्या हुने भन्दै उनले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिए । बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने तथा बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस