काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमीकस क्युरीको बहस शुरू भएको छ। बहस केहीबेर अघि शुरू भएको हो ।
सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि मंगलवारदेखि एमीकस क्यूरीमा बहस शुरू भएको हो।
सर्वोच्च अदालतले कुनै पनि मुद्दाका विषयमा राय लिनुपरेमा एमिकस क्युरी गठन गर्छ। सोही बमोजिम नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पाँच जना एमिकस क्युरी सिफारिस गरेको थियो।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्।
एमीकस क्युरीको बहस सकिएपछि अदालतले मुद्दा फैसला गर्नेछ।
रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १३ वटा रिट परेका छन्।