२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । ‘चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख रकम विनियोजन गरेको छ’, नगरप्रमुख गिरिले भने।

यस्तै, चन्द्रागिरिले राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाखभन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् ।

उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड-नागढुङ्गा-कलङ्की क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । अहिले ५०० सडकबत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ ।

यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सिसि क्यामरासमेत जडान गरिसकेको छ । उक्त नगरपालिकाले रु एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरेको थियो । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस