१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड र माधव नेपाल पुन: बसे माइतीघरमा धर्ना

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्।

गत बुधबारदेखि दाहाल-नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सोही धर्नामा आज प्रचण्ड र नेपाल सहभागी भएका हुन्।

प्रतिनिधि सभा विघटनको विरोधमा पुस ५ गते देखि निरन्तर संघर्षरत उक्त समुहले तेस्रो चरणको विरोध कार्यक्रमम अन्तगर्त माइतीघरमा धर्ना कार्यक्रम आयोजना गरेका हुन् ।

नेकपा-दाहाल नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताएकी छन्।

बुधबारदेखि सुरू भएको यो धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घन्टासम्म बस्ने बताइएको छ।

प्रभानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधी निवाचनको घोषण गरेकी छन् । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै दाहाल-नेपाल समुह लगायत अन्य राजनैतिक दलहरु निरन्र रुपमा सैसद पुनस्र्थापाको माग गर्दै विभिन्न विरोध कार्यक्रम गर्दै आएका छन् ।

नेकपा प्रचण्डनेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको तस्रो चरणमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। जसअन्तर्गत माग २८ गते पुन वृहत शक्ति प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस