२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ व्यावसायिक फर्मलाई कारवाही

अ+ अ-

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार जरिवाना तोकिएका व्यावसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।

यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस