२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् पुनःस्थापना एकसूत्रीय माग : नेता पौडेल

अ+ अ-

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताएका छन् । गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषाङ्कको आज लोकार्पण गर्दै उनले कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनःस्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको धारणा राखे ।

वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सडक सङ्घर्ष आन्दोलन गरेको प्रष्ट पारे । नेता पौडेलले ‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ’ भन्दै जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, डा. डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने विचार व्यक्त गरे । पुस्तकालयका अध्यक्ष दीपक चापागाईँ, प्रदेशसभा सदस्य केदार कार्की, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, यदु विष्ट, उद्धव कोइरालालगायतले पुस्तक १०४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएकोे आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विसं २००७ क्रान्तिको दस्तावेज रहेको विचार व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई रु २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान र कोरोना महामारीले मृत्यु भएकाको शव अन्त्येष्टिमा सक्रिय रुपमा सहयोग पुर्‍याउने तथा सङ्क्रमितको घर घरमा सेनेटाइजर गर्ने बरगाछी युवा समूहलाई रु १५ हजार राशिको सामाजिक पुरस्कारबाट सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस