काठमाडौँ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन भएका तथा सोही ऐनको दफा १२ बमोजिम विज्ञापन भई स्थानीय तहमा नियुक्ति भई कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृतबारे नयाँ व्यवस्था गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका पाँचौँदेखि १०औँ तहका कर्मचारीबारे अर्को व्यवस्था नभएसम्मका लागि राजीनामा स्वीकृत गर्ने तथा अवकाश पत्र दिने अधिकारी तोकेको हो ।