काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तटस्थताले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने बताएका छन् । उनले बुधबार ट्विट गर्दै ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने बताए ।
उनले लेखेका छन्,‘ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्छन्, तटस्थताले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्छ ।’
यस्तै उनले एक पटकमा एउटै कुरो प्रधान हुने पनि बताए । उनले भने,‘एक पटकमा एउटै कुरा प्रधान हुन्छ, अरू सहायक हुन्छन्।’
उनले अहिले देशको लागि र जनताको लागि प्रमुख खतरा भनेकै ओली प्रतिगमन भएको बताउँदै भने,‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो, कुनै किन्तुपरन्तु नगरौं !’
ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन्।यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्छ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ;अरू सहायक हुन्छन्।अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!
— Baburam Bhattarai (@brb1954) January 20, 2021
पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले समाजिक सञ्जालदेखि सडक सञ्जालसम्म प्रधानमन्त्रीको विरुद्धमा शीषृ नेताहरु उत्रिएका छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दललगायत सबैले अहिले संसद पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
संसद विघटनको मुद्धामाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा दैनिक बहस चलिरहेको छ । अदालतको फैसला आउन बाँकी रहे पनि निर्वाचन आयोगले भने अद्यावधिक निर्वाचनका लागि तयारी सुरु गरिरहेको छ ।