काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाका विभिन्न पदको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । आयोगले सोमबार(माघ ५) गते उत्तीर्ण हुने उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो ।
आयोगले असोज २९ र ३० गते लिएको प्रा.ड.जम, प्रा.सु सैनिक उपचारिका र कात्तिक २ र ३ गते लिएको लेखा जम.क. को परीक्षाफल प्रकाशित गरेको छ ।
नेपाली सेनाको प्राड जम पदका लागि एक जनको माग भएकोमा २४ जनाको दरखास्त परेको थियो । जसमध्ये ६ जना छनौट भएका छन् । यसैगरी प्रा.सु उपचारिका पदका लागि खुला, महिला, आदिबासी जनजाति, मधेसी र दलित गरी ९ जनाको माग भएकोमा ४० जनाको दरखास्त परेको थियो । जसमध्ये ३७ जना छनौट भएका छन् ।
यस्तै लेखा. जम. क. पदका लागि ८ जनाको माग भएकोमा ५६ जनाको दरखास्त परेको थियो । जसमध्ये १७ जना उत्तीर्ण भएका छन् ।
यस्तो छ नतिजा :