२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

अ+ अ-

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले अस्पताल पुगे ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेका छन् । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । ‘खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ’, रामचन्द्रका बाबु कृष्ण बोहराले भने ‘घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।’ रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनले केही काम गर्न सक्नुहुन्न । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

‘मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन’, कृष्ण भन्छन्, ‘कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।’ उनको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन । ‘मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु’, कृष्ण भन्छन्, ‘घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।’ अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु देखाउँछन् । ‘भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ’, उनले भने, ‘कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।’

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छन् । ‘मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्’, बोहराले भने, ‘छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।’ रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस