२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा

अ+ अ-

वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ । साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।

कार्यालयका अनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा भौतिक पूर्वाधार विकास निर्माणतर्फ रु १६ करोड दुई लाख २८ हजार खर्च भएको बताइएको छ । पूर्वाधार निर्माणमा कूल खर्च १७।६३ प्रतिशत खर्च भएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाद्वारा खर्चसम्बन्धी उपलब्ध विवरणमा चालू आवका लागि रु दुई अर्ब ४८ करोडको बजेट विनियोजन गरिएको थियो । सो रकममध्ये कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ आठ करोड ५५ लाख ९९ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७ लाख ११ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु २८ करोड तीन लाख ४६ हजार, आर्थिक विकास क्षेत्रतर्फ १५ लाख ५२ हजार खर्च भएको हो ।

उपमहानगरपालिकाले कूल बजेटको ५३ करोड ४४ लाख ३८ हजार अर्थात २२।७१ प्रतिशत खर्च भएको उपप्रमुख लामाले जानकारी दिइन् । चालू आवको हालसम्म अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भई कार्य सञ्चालनका क्रममा रहेको तथा खर्च भुक्तानी नभइसकेको अवस्थामा क्षेत्रगत खर्चमा कमी देखिएको उनले बताइन् ।

सो कार्यालयले चालू आवको पाँच महिनामा रु ७५ करोड ७६ लाख ८६ हजार आम्दानीसमेत गरेको छ । प्राप्त विवरणअनुसार उपमहानरपालिकाले सुत्केरी महिलालाई स्वस्थ्य जीवनयापनका लागि सुत्केरी भएको सात दिनभित्र स्वास्थ्य जाँचसहित पोषणयुक्त कोशेली उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सो अवधिमा ७४४ सुत्केरी महिलालाई उक्त सुविधा र ११ हजार १४४ जनालाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । त्यस्तै उपहानगरपालिकाको न्यायिक समितिको कार्य सम्पादनमासमेत प्रगति भएको छ । लामाले त्यहाँ न्यायिक समितिमा परेको उजुरीमध्ये ३१ वटा समाधान भएको छ भने १२४ वटा मुद्दा एवं विवाद प्रक्रियामा रहेको भनिन् ।

प्रतिक्रिया दिनुहोस