२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई उडानलाई विकेन्द्रीकरण गरिने : मन्त्री ढकाल

अ+ अ-

मोरङ । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए ।

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढङ्गले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए । उनले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पुर्‍याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राखे ।

मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौँ, पोखरा, सौराहाको तुलनामा यस क्षेत्रमा पर्यटक कम आउने आफूले अनुभव गरेको चर्चा गर्दै पर्यटकीय क्षेत्रमा उनीहरुको बसाई लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफल कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरे, सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस