२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी कुण्डमा स्थानीयको घुइँचो

अ+ अ-

सिमकोट । हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताइन् ।

कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन् । तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताए। तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए । हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन् ।

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस