काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।
हाल देशभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा छन्।