२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी भित्रको विवादले नेकपा अझ एकताबद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल

अ+ अ-

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएकमा छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।

अर्थमन्त्रीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता र जनचाहनाअनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’ उनले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हाली ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्न पनि आग्रह गरे । ‘नेकपा र यसको एकताबद्ध अस्तित्वलाई कसैले चुनौती दिन सक्दैन, नेकपा एकताबद्ध भएर अघि बढ्छ’, उनले भने, ‘नेकपामा सूँढ घुसाएर विग्रहको खोजी गर्ने जे जस्ता प्रवृति भएका छन् ती सबै असफल हुन्छन् ।’

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको उल्लेख गर्दै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताए । उनले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पारे । अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सिङ्गो प्रदेशमा नमूना विद्यालयका रुपमा स्थापित गर्न सरकारका तर्फबाट बजेटको कमी नहुने बतारे । यसैगरी प्रदेशसभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले रुपन्देहीले शिक्षा क्षेत्रको विकासमा फड्को मारेको उल्लेख गर्दै जीवनोपयोगी शिक्षा दिने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा कान्ति माविको योगदान महत्वपूर्ण रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रदेशमा शिक्षाको केन्द्रका रुपमा बुटवल विकसित हुँदै गएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै विज्ञान विषयको केन्द्रका रुपमा विकास गरी खोज, अनुसन्धान र सिकाइको केन्द्र बनाउने लक्ष्य रहेको बताए । सोहीअनुरुप दुई/दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रदेश र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु १३ करोड ६५ लाखमा चारतले ३५ कोठाको विज्ञान भवन र तीन/तीनतलाको २४/२४ कोठाका दुईवटा छात्रावास भवनको शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस