२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा ‘टप २५’ मा बलिउड अभिनेत्री अनुष्का

अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा इन्ष्टाग्राम प्रयोगकर्ताको सूचीमा ‘टप २५’ पर्न सफल भएकी छन् ।

संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा बलिउड अभिनेत्री अनुष्का शर्मा परेकी छन्। हाइप अडिटरले सार्वजनिक गरेको सूचीमा उनी ‘टप २५’ मा परेकी हुन् ।

हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको थियो । यो सूची प्रयोगकर्ताको फलोअर्स, उनीहरुले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ।

हाइप अडिट तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो।

हाइप अडिट तथ्यांकअनुसार टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइएको छ ।

त्यसपछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन्। त्यस्तै, चौथो स्थानमा फुटबलर लियोनेल मेस्सी तथा पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन्। १०औँ स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन् भने अर्की गायिका टेलर स्विफ्ट भने १३औँ स्थानमा छन्। यस्तै भारतीय टिमका कप्तान विराट कोहोली ११औँ स्थानमा छन्।

अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ को २४औँ स्थानमा परेकी छन्। बलिउडबाट अभिनेत्री कट्रिना केफ र दीपिका पादुकोण भने टप ५० को सूचीमा परेका छन्। कट्रिना विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताहरूको सूचीमा ४३ औँ स्थानमा तथा दीपिका ४९औं स्थानमा रहेको हाइप अडिटले उल्लेख  गरेको छ।

प्रतिक्रिया दिनुहोस