२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन स्थानीय तहका प्रशासनिक भवन बन्दै

अ+ अ-

खलङ्गा । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दैछन् । जसमा तिला गाउँपालिका, सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिका रहेका छन् ।

यहाँका स्थानीय तहले साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले करिब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागि परेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

आगामी दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । नयाँ बन्ने भवन अपाङ्गमैत्री हुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

यहाँका छ गाउँपालिकाले हाल प्रयोग गरेका प्रशासनिक भवन निजी घरमा भाडा तिरेर बसेका छन् । चन्दननाथ नगरपालिकाको आफ्नौ प्रशासनिक भवन रहेको र गुठीचौर गाउँपालिकाले साविको गाविस भवनमा प्रशासनिक कार्यालय सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, हिमा गाउँपालिका र कनका सुन्दरी गाउँपालिकाले प्रशासनिक भवन निर्माण कुनै टुङ्गे लगाएका छैनन् ।

अस्थायी कोभिड अस्पताल
गुठिचौर गाउँपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको जानकारी दिए ।

कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनका लागि स्थानीय सरकार लागि परेको अध्यक्ष भण्डारीले बताए । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामालाल प्याकुरेलले बताए ।

सङ्घीय सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख बजेट पठाएको गाउँपालिकाले जनाएको छ । सो अस्पातलमा अहिले दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताए । गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस