१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राङ्गारिक जुम्ली ब्रान्ड बन्दै

अ+ अ-

खलङ्गा । जुम्लामा प्राङ्गारिक कृषि उपज जुम्ली ब्रान्ड निर्माण गरिने भएको छ । बाहिरी जिल्लाबाट दिन प्रतिदिन जुम्ली अर्गानिक वस्तुको माग बढे पनि अन्य जिल्लामा उत्पादित वस्तुलाई जुम्लाको नाम बेचेर व्यापारीले यहाँको अर्गानिक पहिचान गुम्ने खतराले सो ब्रान्डले यहाँका किसानलाई राहत हुने किसान रुपा पाण्डेले बताइन्।

जुम्ली अर्गानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘जुम्ली अर्गानिक वस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौँ, जुम्ला ब्राण्ड तयार भएपश्चात जुम्ली अर्गानिक स्याउलगायत अन्य साम्रागी यहाँको सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने कार्यालय प्रमुख देवकोटाले बताए ।’

स्याउका चाना, कालो रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगी मास, सेतो भटमास ठूलो, कालो भटमास सानो, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठोलगायत दर्जनौँ जुम्ली अर्गानिक कृषि वस्तुको ब्रान्डिङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । अर्गानिक कृषि वस्तुको पहिचान झल्काउने जुम्ला तथा कर्णाली ब्राण्ड लोगो निर्धारणका लागि १५ दिने सूचना जारी गरिएको छ ।

पन्ध्र दिनभित्र उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्राण्ड’ झल्काउने लोगो निर्माण गर्न डिजाइनकर्तालाई पुरस्कृतसमेत गरिने कार्यालय प्रमुख देवकोटाले बताए । ‘जुम्ला ब्राण्ड’ तयार नगरेकै कारण अर्गानिक वस्तुको बजारीकरणमा चुनौती रहेको थियो । जुम्लाको नाम बेचेर नेपालका विभिन्न बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका रारालिही अर्गानिक सुपथ पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस