२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

अ+ अ-

कास्की । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो ।

पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकूद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए । वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोखरा रङ्गशालामा सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् ।

कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउछन् । उनले भने, ‘अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौँ, २० वर्ष क्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौँ ।’

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोेट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

क्रिकेट रेफ्री भोजराज बरालले लामो समयपछि क्रिकेट प्रतियोगिता हुँदा खुशी लागेको बताए । उनले विस्तारै क्रिकेट खेलको माहोल जिल्ला जिल्लामा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउछन् । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापुछ्रे र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, साङ्ग्रिला, कास्की र राईजिङ्ग पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट सङ्घले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’मार्फत खेलाडी छनोट गरिने छ । आगामी पुुस १ देखि पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एक/एक टोली प्रधानमन्त्री कपका लागि छनोेट गरिने सङ्घका सचिव दीपेन्द्र चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस