काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएके छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन ।