काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ योसँगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ।