काठमाडौँ। नेपालमा आज १०९६ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज देशभर कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसीआर परिक्षण भएको छ भने १३ हजार ५ सय ४२ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ३६ रहेको छ ।