२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत र नापीमा जनगुनासो

अ+ अ-

सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुखेसो छ ।

कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ। गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझैसम्म काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गरे। महिनौ भए पनि सेवा नपाउँदा दुःख लागेको उनको भनाइ छ । प्रविधिको युगमा पनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उनको भनाइ छ ।

नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बताइएको छ । मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ । विगतको दिनमा एक दिनमा सकिने कामसमेत अहिले तीन दिनसम्म लाग्ने गरेको छिण्डि ल्हमु शेर्पाले बताए।

यस्तै एक हप्ता अगाडि श्रीमानको नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि अहिलेसम्म काम नभएको सेवाग्राही शारदा कटुवालले गुनासो गरिन्। हाल मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धी काम ठप्प बनेको छ ।

कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँदेखि नागरिक बडापत्रमासमेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुञ्जाङ शेर्पाले बताए । कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजिलो ढङ्गले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताए।

सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताए । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस