२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमाथि अमेरिकी नागरिकलाई जागिर नदिएको अभियोग

अ+ अ-

काठमाडौँ। फेसबुकमाथि अमेरिकी नागरिकहरुलाई जागिरमा विभेद गरेको अभियोग लागेको छ । अमेरिकाको न्याय मन्त्रालयले कर्मचारी भर्नाका क्रममा अमेरिकी नागरिकलाई विभेद गरेको र विदेशी आप्रवासी नागरिकहरुलाई ग्राह्यता दिएको भन्दै फेसबुकविरुद्ध मुद्दा दायर गरेको हो ।

फेसबुकका २६ सयभन्दा धेरै पदहरुमा भर्ना गर्दा योग्य तथा जागिर खान तयार रहेका अमेरिकीहरुलाई जागिरमा अवसर नदिइएको न्याय मन्त्रालयलको दाबी छ । उल्लेखित पदहरुमा अस्थायी भिषामा रहेका विदेशी नागरिकहरुलाई भर्ना गरिएको अदालतमा दायर मुद्दामा अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ । तर फेसबुकले उक्त आरोप अस्विकार गरेको छ । यस विषयमा आफुले न्याय मन्त्रालयसँग सहकार्य गरिरहेको फेसबुकको भनाइ छ ।

मुद्दामा फेसबुकद्वारा कर्मचारी भर्नाका लागि एच वान बी भिसाको उपयोग गरेको विषयमा चासो देखाइएको छ । अमेरिकामा रहेका प्रायः प्रविधि कम्पनीहरुले उच्च सीपयुक्त विदेशी कामदार ल्याउनका लागि उक्त भिसाको उपयोग गर्ने गरेका छन् । विहीबार दायर भएको मुद्दामा न्याय मन्त्रालयले फेसबुकद्वारा अमेरिकी नागरिकलाई भन्दा एचवान बी भिसा प्राप्त गरेका तथा अन्य अस्थायी कामदारहरुलाई सहज हुनेगरी नियतबस आफ्नो भर्ना प्रणाली सिर्जना गरिएको दाबी गरिएको छ ।

फेसबुकको कर्मचारी भर्ना प्रणालीको दुई वर्षसम्म अनुसन्धान गरेपश्चात् मुद्दा दायर गरिएको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयको नागरिक अधिकार महाशाखाका सहायक महान्यायाधिवक्ता इरिक एस द्राइब्याण्डले भनेका छन्, ‘यदि कम्पनीहरुले अस्थायी भिसा लिएका मानिसहरुलाई अवैधानिक रुपमा प्राथमिकता दिनेगरी अन्यलाई रोजगारीको अवसरमा अस्विकार गर्दछन् भने त्यस्ता कम्पनीहरुलाई हामी जवाफदेही बनाउँदछौँ ।’

अमेरिकी नागरिकलाई भन्दा अस्थायी भिसाधारीहरुलाई रोजगारीमा प्राथमिकता दिनेगरी भर्ना प्रणाली अबलम्बन गर्नु अवैध हुने भन्दै उनले प्रविधि क्षेत्र लगायतका सबै रोजगारदाताहरुलाई जवाफदेही बनाइने बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस