काठमाडौँ । एनएमबि बैङ्कलाई दि फाइनान्सियल टाइम्स लन्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैङ्कको रूपमा ‘दि बैंकर्स बैङ्क अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ ।
बैङ्कले आफूलाई सबल तथा मजबुत बनाउन देशका विभिन्न सहर तथा ग्रामीण भेगहरूमा शाखा सञ्चालन गरी १२ लाख भन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै क्रममा बैङ्कले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरू जस्तै नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरूमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैङ्कको रूपमा स्थापना गर्न सफल भएको छ ।
एनएमबि बैङ्क ग्लोबल एलाइन्स फर बैङ्किङ अन भ्यालूजको नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैङ्कको रूपमा रहनुका साथै नेपालमा दिगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको बैङ्कले जनाएको छ । जस कारण बैङ्कलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्बन एकाउन्टीङ फाइनान्सियलको स्टिअरिङ्ग कमिटीको सदस्य बैङ्कको रूपमा एबीएन एएमआरओ, मोरगान स्ट्यान्ली जस्ता संसारकै उत्कृष्ट बैङ्कहरूको साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएकोसमेत बैङ्कले जनाएको छ ।
बैङ्क अफ दि इयर उपाधिले विश्वव्यापी रूपमा उत्कृष्टतालाई परिभाषित गर्ने र यसका विजेताहरूलाई बैङ्कको वित्तीय क्षमता प्रदर्शन, सेयर धनीलाई दिइने प्रतिफल, ग्राहकहरूको हितका लागि गरिने पहलहरू जस्ता विभिन्न मापदण्डहरूबाट मूल्याङ्कन गरिने बैङ्कको भनाई छ ।
विगत चार वर्षमा बैङ्कले तेह्रौँ पटक उक्त उपाधिबाट सम्मानित गरिएको छ । विश्व समुदाय नै कोभिड–१९ को महामारीबाट गुज्रिरहेको कठिन घडीमा पाएको यो बैङ्क अफ दि इयर २०२० को सम्मान बैङ्कका कर्मचारीहरूले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, काम प्रतिको समर्पण, दिगो व्यवसाय विस्तार प्रतिको ऐक्यवद्घताका साथै यस बैङ्कको आदरणीय सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरूको अनवरत सहयोगको प्रतिफल भएको बैङ्कले जनाएको छ ।