२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव सेवा आश्रमद्वारा ७७ को उद्धार

अ+ अ-

कर्णाली । मानव सेवा आश्रम कर्णाली प्रदेश स्थापना भएको दुई वर्ष पुगेको छ । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले मंगलबार आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।

समीक्षा कार्यक्रममा आश्रमका प्रदेश संयोजक सिर्जना ओलीले मानव सेवा आश्रममा हालसम्मका सञ्चालित सेवाहरुको बारेमा बताउँदै आव २०७६/०७७ मा यहाँका विभिन्न जिल्लाका सहयोगापेक्षी ७७ सडक मानवको उद्धार गरिएको बताए । ‘उद्धार गरिएका सडक मानवमा ४८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ’, संयोजक ओलीले भने, ‘४३ जना यही आश्रित छन् भने एकजनालाई अर्को शाखामा स्थानान्तरण गरिएको छ ।’

आश्रममा रहेका चार जनाको कालगतिले मृत्यु भएपछि नगरपालिकाको सहकार्यमा सतगत गरिएको उनले बताए । विसं २०७६ को माघ महिनादेखि कर्णाली प्रदेश सरकारले अभिभावकत्व दिइरहेको बताउँदै संयोजक ओलीले सहयोगापेक्षी सडक मानवरहित नेपालको पहिलो प्रदेशसम्म घोषणा हुन सफल भएको प्रदेशमा मानवसेवा आश्रमले ‘मानवता प्रवर्द्धनको महाअभियान’लाई अगाडि बढाएको जनाए।

उनले भने, ‘खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका साहाराको आवश्यक भएका मानवहरुलाई तत्काल उद्धार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवा हामीले निर्वाध दिइरहेका छौँ ।’

संयोजक ओलीका अनुसार सेवा आश्रमले व्यक्ति तथा विभिन्न संस्थाको सहयोगमा आव २०७६/०७७ मा रु ४५ लाख पाँच हजार ३५ आम्दानी गरेकोमा आश्रममा आश्रित सबै सडक मानवको उचित व्यवस्थापनमा खर्च भएको र केही ठाउँमा तिर्न बाँकी रहेकाले हाल बैंकमा रु छ लाख ९० हजार १४ मौज्दात छ ।

स्थापनाकालदेखि हालसम्म २०० सडक मानवलाई आश्रय दिँदै आएको आश्रमले औषधोपचार, पालनपोषण, मनोविमर्श, प्रारम्भिक स्वास्थ्य तथा मनोचिकित्सकीय सेवा, सुधार भएका र सक्षमका लागि जीविकोपार्जनसम्बन्धी तालीम, सुधारपश्चात् परिवारको खोजी, पारिवारिक पुनर्मिलन, पारिवारिक पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणजस्ता सेवा प्रदान गर्दै आएको उक्त संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस