२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणलाई दुइ वर्ष पछि धकेलेर भए पनि महामारीबाट जनतालाई बचाउछौँ : मन्त्री ढकाल

अ+ अ-

चितवन। स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्य प्रति सरकारले जिम्मेवार भएर काम गरेको बताएका छन्।

स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरस संक्रमणको माहामारीको समयमा सरकारले सम्पुर्ण जनताको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई दुइ वर्ष पछि धकेलेर भए पनि महामारीबाट जनतालाई बचाउने बताएका हुन् ।

भरतपुर महानगरपालिकाको वागेश्वरी आइसोलेशन केन्द्रको मंगलबार निरीक्षण पश्चात उनले हरेक नागरिकको स्वास्थ्यका विषयमा सरकारले ध्यान दिइरहेको बताए । ‘ राज्य सम्पुर्ण नेपाली जनताको अभिभावक भएकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उनले बताए

सरकारले जनताको स्वास्थ्यका विषयमा सम्झौता गर्ने छैन जनता बचाएर मात्र विकासका काम गर्ने छ मन्त्री ढकालले भने । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको योगी नरहरि प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन केन्द्रको अवलोकन पछि उनले कोरोना रोगलाई पररास्त गर्न प्राकृतिक पद्धतीले मद्दत गर्नेमा जोड दिए ।

यो रोगको कुनै औषधि पत्ता लागेको अवस्था नभएपनि नेपालमा प्राकृतिक उपचार पद्दतीले महामारी रोग संग लड्नलाई भने मद्दत गरेको आफूले पाएको जानकारी दिए ।

अहिले नौ वटा देशले कोभिड १९ कोरोना रोग विरुद्धको खोपका विषयमा अनुसन्धान गर्दै आइरहेको छ । नेपालले भने ती मध्य सात वटा देशलाई पत्राचार गरेर खोप पत्ता लाग्ने वितिकै नेपालमा दिनु पर्छ भनी जानकारी गराएको बताए ।

विश्व स्वास्थ्य संगठनले खोपको आधिकारिक जानकारी गराएपछि नेपालमा आउने बताए । स्वास्थ्य संगठनका अनुसार १४ वर्ष भन्दा मुनीकालाई खोप लगाउन नमिल्ने भएकाले ७२ प्रतिशत जनतालाई पुग्ने गरी भ्याक्सिन ल्याउने प्रकृयामा सरकारले अहिले काम गरिराखेको जानकारी दिए।

मन्त्री ढकालले कोरोना रोगका विरुद्ध लड्नको लागि सबै भन्दा पहिला आत्मबल दरो बनाउनु पर्नेमा जोड दिए । रोग लाग्यो भनेर डराएर बस्ने भन्दा आत्मबल दरो बनाएर बसेमा रोगसंग लड्न सकिने मन्त्री ढकालको भनाइ छ । आधारभुत कुरा नै आत्मबल भएकाले त्यसपछि गरेको उपचारले निको हुने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस