२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

अ+ अ-

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् ।

पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन् । नेकपाकी केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा)ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताए ।

विगतका एक अर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भने, ‘हाम्रो अहिलेको विवादको कारक धेरै पछाडि फर्किनु पनि हो, २५ वर्ष पहिले कस्ले के गर्यो भन्ने कुरा अहिले बाहिर ल्याउन आवश्यक छैन, यो जनताको विश्वास जित्ने समय हो,त्यसमा पार्टी एकताबद्ध हुनुको विकल्प छैन ।’

पछिल्लो समय आएका प्रतिवेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाह बताउछन् । ‘अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ’, शाहले भने,’ पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।’

नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुद बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए । ‘पार्टी एकता भएको तीन महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ’, सचिव चौधरीले भने, ‘एकताले पार्टी मजबुत बन्यो, झण्डै दुई तिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ ।’ उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए ।

नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गर्नुभयो । उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए । ‘जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने’, अध्यक्ष थापाले भन्नुभयो, ‘हामी एकता चाहान्छौँ, अहिले फुट्ने नभइ जुट्ने बेला हो ।’

नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस