२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिठाइ, अङ्कल र बाबा

अ+ अ-

बाबा! गल्ती भयो बाबा
धेरै मिठाई नखानु
दाँत बिग्रन्छ भन्नुहुन्थ्यो
मानिन मैले र अहिले!
न शरीर रहनु
न आत्माले मुक्ति पाउनु।

बाबा! माफ गर्नुहोस् बाबा!
मेरा बालापनका जामाले
अङ्कलको मनको आगो सल्काइदिएछ
गल्ती त मेरै हो बाबा
दुई खुट्टा किन उभाइदिनुभयो
मलाई छोरी भई किन जन्माइदिनुभयो।।

बाबा! याद आउँछ बाबा !
हजुर मैले ऐया भन्दा कस्तो अत्तालिनुहुन्थ्यो
गल्ती त मेरै हो बाबा
ऐया! अङ्कल छोडिदिनुस्
नत्र बाबालाई भनिदिन्छु भने

आज म देह त्यागमा परे।।।

बाबा! थाहा छ बाबा
म अहिल्यै डुल्ने संसारमा
म जस्ता थुप्रै छन्
नआत्तिनुस् है
एक्लै छुइन म बाबा
मेरा साथीहरूको कथा धेरै मेरै जस्तै छ
सबैको जीवनीमा काका, मामा दादा र
अङ्कलहरूको मिठाईको लोभले
अस्मिता मेटिइनु पर्ने रहेछ
हाम्रो घाँघरका घेराले वहाहरुको
यौनरूपी मन पोल्ने रहेछन्।।।

बाबा, चाहन्छु बस्! यही कि
संसारका बाबाहरूले आफ्ना
छोरीहरूका लागी मिठाई, नाना-चाचा
घरभित्रै पुगेसरि राखिदिउन्,
छोरीहरूलाई कोही पुरुषले
अहँ! नदेखुन् र नभेटुन्,

बाबा! गल्ती भयो बाबा
मिठाईमा लोभिनु म छोरीको
बालापन मात्र रहेन अब,
चकलेटमा झुमिनु म केटीको
अबोधपन मात्र भएन अब।।।

प्रतिक्रिया दिनुहोस