काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १०३८१ परीक्षणमा १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।
मन्त्रालयकाका अनुसार आज ३०४३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २ हजार ६७ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।