धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार एक जना इलामका २५ बर्षीय युवा र अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुषको निधन भएको हो।
इलामका युवाको गए राती ९:३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा दिर्घ रोग भएको अस्पतालले जनाएको छ । उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।
यस्तै, मोरङको सुन्दर हरैचका ६७ बर्षीय वृद्धको आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनी मधुमेहका रोगी थिए।
दुवैको शवलाई नियम अनुसार व्यवस्थापन तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।