२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने फरार प्रतिवादी पक्राउ

अ+ अ-

गाईघाट । वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहँदै आएका चौदण्डी–३ का ४३ वर्षीय सुजन राई रहेका छन् । अदालतबाट दण्ड सजाय पाए पनि केही वर्षदेखियता फरार रहँदै गाउँघरमा लुकीछिपी बस्दै आएका राईलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

राईले वैदेशिक रोजगारीका नाममा केही व्यक्ति ठगी गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक वर्र्ष तीन महिना तीन दिन कैद र एक लाख ५० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको प्रहरीले बताएको छ ।

फरार प्रतिवादी राईको प्रहरीले खोजी गरिरहेको र राईले अदालतको सजाय छल्नका लागि निरन्तर कहिले अन्यत्र कतै र कहिले गाउँघरमा लुकीछिपी बस्दै आएको र शुक्रबार साँझ घरमा लुक्न आइपुगेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका राईलाई सजाय कार्यान्वयन गराउन अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस