३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

अ+ अ-

सिद्धलेख । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका-४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् ।

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै थिए । ‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरीअसीसम्म आएको छ, धेरै खुशी छौँ ‘, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।’

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उनको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझृका थिए । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् । कोभिड-१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ ।

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत छ । उहाँको मास झण्डै दुई मुरी र भटमास एक मुरी उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाछन् । उनी भन्छन्, ‘शुरुमा डोकोमा बोकेर मलेखु/सलाङ्घाट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।’

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौँथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् ।

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रु आठ/दश लाख कमाइ गर्ने गरेको सुनाए । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उनी भन्छन्, ‘गरेदेखि यहीँ छ, अल्छी मानेनन् पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमि त्यही पसिना चुहायो भने सुन फल्छ ।’

सो गाउँमा मगर जातिको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्नमै व्यस्त छन् । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उनी दुई हलको मेलोमा छ भन्छन् । दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाछन् । यसपालि राम्रो भाउ पाएकामा उनी पनि फुरुङ्ग छन् । गोलभेँडा बेच्ने तर्खर गर्दै गरेका अर्का किसान गुञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकामा खुशी छन् ।

सिद्धलेख-४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा लुकेर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भछन् । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ ।

उनका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत बाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन यहाँको मुख्य पेशा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो छ भने तल्लो भागमा गाई/भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ ।

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उनी बताउछन् । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत भएको छ । संस्थालेले मात्रै वार्षिक रु २२ करोड बढी मूल्यको तरकारी सङ्कलन गर्ने गरेको छ ।

आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिइएको र सडक सञ्जाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिए । उनका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पुर्‍याउने लक्ष्य रहेको छ । उनले भने, ‘गाउँवासी कृषिमा आबद्ध भएकाले कसरी अनुदानका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ ।’

यस गाउँपालिकामा चैत/वैशाखका समयमा बेँसीभेग आरुबाससटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ । हिउँदे मौसममा माथिल्लो आरुबास, भेँडाबारी, गौँथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, वसन्त, इटपानी, झारलाङ्दीलगायतमा तरकारी खेती राम्रो हुने गरेको छ । किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, कास्की र चितवनमा पुर्‍याउने गरेको छ । यस क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुलनामा चमकदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस