काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयको अनुसार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।