२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

अ+ अ-

नारायणपुर । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् ।

भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् ।

घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उनले बताए । ‘घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ’, खनालले भने ।

बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उनले बताए । ‘पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ की भन्ने आशा छ’, खनालले भने । विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उनले बताए।

विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट वसाईसराई गरेर दाङको भालुवाङ आएका खानालले उपचारका लागि कयौपटक बुटवल गएको बताउछन् । रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।

विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबिबिएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महशुस गरेको स्थानीय शारदा गुरुङ बताउछन् । सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उनले बताए । ‘स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो’, गुरुङले भने।

स्वास्थ्य क्षेत्रको लागि गाँउपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउछन् । अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उनले बताए । ‘ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ’, अध्यक्ष डिसीले भने। सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उनको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।

राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसङ्ख्या छ । त्यस्तै नजिकको शितगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाँउपालीकाको १ र २ तथा प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ । लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खँरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भए पछि भालुवाङवासी पनि खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस