२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा कोरोना संक्रमणबाट अनमीसहित दुईको मृत्यु

अ+ अ-

बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा आज ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-१२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उनको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए । रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस