काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर मंगलबार संक्रमित पुष्टि हुनेको संख्या २ हजार ७ सय ३६ रहेको छ ।