२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

अ+ अ-

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन्।

अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताए ।

गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहनुभएका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पारे । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताए । सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले आगामी दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने उनको भनाइ थियो । यसले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

यही कात्तिक २८ गतेसम्म गृह जिल्लामै रहने मन्त्री भट्टराईले सोमबार नेकपाको मेरिङ्देन गाउँपालिका कमिटीको पार्टी कार्यालय र राष्ट्रिय युवा सङ्घ नेपालको पालिका कमिटी कार्यालयको समेत उद्घाटन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस