काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।