काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।
मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको छोरी श्रमिक लामाले बताइन् ।
उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।