काठमाडौं । पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।
शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।