काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।