राजविराज । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ।
सप्तरीको बिष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको मृतकका परिवारका सदस्यले जानकारी दिएका छन्।
बुधबार कोरोना संक्रमण पुष्टि भएका उनी बिरामी भएपछि शनिबार धरानस्थित बि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनको स्वास्थ्य अवस्थामा सुधार भएर वार्डमा सारेपछि स्वाब संकलन गरिएको थियो।
पिसाबमा समस्या देखिएपछि १५ दिन अघि विराटनगरमा उपचार पश्चात निको भई राजविराज-९ मलेठस्थित माइत फर्किएकी थिइन्। तर शनिबार बान्ता गरेपछि उनलाई धरान लगिएको थियो। मृतकको श्रीमान र २ वर्षीया छोरी छिन्। योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ।