४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रु तीन करोड १६ लाख ८६ हजार र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु ६ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट रु दुई लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथा अन्यबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।

दुई सय १९ घरमा जस्तापाता राखिने
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका २ सय १९ घरमा खरको छाना हटाइने भएको छ । खरको छानो हटाएर जस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको छ ।

उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । व्यास नगरपालिका– ५ र ६ का ९५, व्यास नगरपालिका– १ देखि ४ तथा ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरमा छाना छाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त भएको छ । ‘खरको छानो भएका लाभग्राही छनोटका लागि दश दिनको म्याद राखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस