२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिप्पी ट्रेल हुँदै बस टू एभरेस्ट टूर हुने  

अ+ अ-
काठमाडौँ । ट्रान्स सोलुसन नेपाल र एभरेस्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेस्ट टुर’ आयोजना गर्ने भएको छ । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो टुर प्याकेजमा पर्यटकले बसबाटै काठमाडौँ सम्मको  यात्रा गर्न पाउने छन् । काठमाण्डौँबाट भने पर्यटकलाई माउन्टेन फ्लाइट मार्फत विश्वको अग्लो चुचुरो सगरमाथाको अवलोकन गराइने छ ।
नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न नयाँ अवधारणा आवश्यक भएकोले यस्तो टुर प्याकेज सञ्चालन गर्न लागिएको एभरेस्ट एडभेन्चर एन्ड इन्फोटेन्मेन्टका निर्देशक धर्मेन्द्र सापकोटाले जानकारी दिए । यस्तो प्याकेज अङ्ग्रेजी महिनाको अप्रिलदेखि सुरु भएर सेप्टेम्बर महिनासम्म ६ महिना चल्नेछ ।
‘पर्यटनको प्रचुर सम्भावना भएर पनि नेपालले यसबाट अपेक्षित फाइदा लिन नसकेको बताउँदै सापकोटाले पर्यटन क्षेत्रमा अब नयाँ अवधारणासहित काम गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बस टु एभरेस्ट टुर आयोजना गर्न लागेको सापकोटाको भनाई छ ।
टुर देश अनुसार कम्तीमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ । पर्यटकलाई फाइभस्टार होटेलमा राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटक नेपाल भित्र्याउने मुख्य उद्देश्य राखेर सञ्चालन गर्न लागिएको यो टुर प्याकेजमा आएका पर्यटक नेपालको सुन्दर सहर काठमाडौँसम्म बस आउने र त्यसपछि फर्कँदा आफै टिकट काटेर वा टुर सञ्चालकसँग समन्वय गरेर त्यही बस फर्कन पनि पाउने सापकोटाले बताए ।
यो टुरमा सबैभन्दा सस्तो भनेको २३ रातको लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेस्ट–चाइना–उत्तर कोरिया–सोल यात्रा गर्न पाउने छन् । यस्तो खर्चमा खाने, बस्ने लगायतका सुविधा जोडिएको छ ।
यस्तै, सबैभन्दा महँगो टुर भनेको १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेस्ट–पोल्यान्ड–मिलान यात्रा गर्न पाउने छन् ।
यात्राको लागि टुर सञ्चालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ । सो कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधा सम्पन्न बस रहेको सापकोटाले बताए ।
‘हामीले १२ देशलाई टार्गेट गरेका छौँ, ती देशबाट प्रत्येक हप्ता एउटाका दरले रेगुलर रिजर्भ बस छुट्नेछन्, रुट भने बढी मात्रामा १७औँ शताब्दीतिर नेपाल आउन पर्यटकले प्रयोग गर्ने गरेको हिप्पी ट्रेल नै हो, त्यसमा पर्यटकीय महत्त्वका थप डेस्टिनेसन पनि जोड्ने प्रयास गरिएकोले कहीँ यताउता हुन सक्छ,’ सापकोटाले थपे ।
प्रतिक्रिया दिनुहोस